
काठमाडौँ, १० माघ । जिल्ला प्रशासन कार्यालय, कास्कीले गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङ्गेविरुद्ध अनुसन्धानका लागि दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
अभद्र व्यवहारसम्बन्धी कसूरमा प्रहरीले मनाङ्गेलाई हिरासतमा लिएर अनुसन्धान गर्न अनुमति पाएका हुन् ।
जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै उजुरी दिएपछि प्रहरीले बिहीबार मनाङ्गेलाई पक्राउ गरेको थियो ।
यता, मनाङेविरुद्ध उजुरी दिएका मिलनलाई ‘चेक बाउन्स’ गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको हो । उनी पनि अहिले प्रहरी हिरासतमा छन् ।















प्रतिक्रिया