३१ आश्विन २०८३, शनिबार

विकासका काममा अगुवाइ गर्छु : राष्ट्रियसभा सदस्य घिमिरे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रौटा, १० माघ । नवनिर्वाचित राष्ट्रियसभा सदस्य विमला घिमिरेले विकासको काममा अगुवाई गर्ने बताएकी छन् ।

निर्वाचित भएपछि गृहजिल्ला कपिलवस्तुको चन्द्रौटामा आयोजित सम्मान कार्यक्रममा देश र राष्ट्रको लागि पाएको जिम्मेवारी नैतिकताका साथ पुरा गर्ने उनले बताएकी हुन् ।

जिल्लामा बाँकि रहेका विकास निर्माणका कामहरु पुरा गर्ने लागि पर्ने जनाइन् । देशप्रति उत्तरदायी भएर काम गर्ने प्रतिवद्धता जनाउँदै निर्वाचनमा मतदान गर्ने सम्पुर्णलाई धन्यवाद दिएकी छन् ।

नेपाल कम्यूनिष्ट पार्टी नेकपाकी केन्द्रिय सदस्य समेत रहेकी घिमिरेले पार्टीले आफ्नो कामको मुल्याङकन गरेर चुनावी मैदानमा भाग लिने अवसर दिएको बताइन् । देश विकास र समृद्धीको गतीमा अघि बढेको भन्दै यसमा सबै तहले सहयोग गर्नुपर्ने जिकिर गरिन् ।

नेकपा शिवराज नगरकमिटिले आयोजना गरेको सम्मान कार्यक्रममा नेपका केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपाने, प्रदेश सदस्यहरु, जिल्ला अध्यक्ष झविलाल पोख्रेल, सचिव विष्णु शाह, नगर अध्यक्ष दिनेश पुन, लंक हमाल लगायत स्थानीय जनप्रतिनिधि, जिल्ला सदस्यहरुको सहभागीता रहेको थियो ।

राष्ट्रियसभा सदस्यको प्रदेश नं ५ को महिला सदस्यमा नेकपातर्फ वाट उम्मेदवार बनेकी घिमिरे बिहीबार भएको निर्वाचनवाट निर्वाचित भएकी थिइन् ।

घिमिरेले ५ हजार ७२८ मत ल्याएर विजयी भएकी हुन् । उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गिरिजादेवी न्यौपानेले २ हजार १ सय मत ल्याएकी थिइन् ।