
कास्की, १० माघ । अन्नपूर्ण पदमार्ग (एबीसी) क्षेत्रमा हराइरहेका सात जनाको खोजीमा गएको उद्धार टोली फर्किएको छ ।
बाक्लो हिउँ र धेरै चिसोका कारण उद्धारकर्ताहरु नै जोखिममा परेपछि तत्कालका लागि उद्धार कार्य स्थगित गरेर टोली फर्किएको ट्रेकिङ एजेन्सिज् एसोसियशन अफ् नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो ।
अन्नपूर्ण आधारशिविर नजिकैको हेङ्कु क्षेत्रमा गएको शुक्रबार हिमपहिरो जाँदा चार जना कोरियन र तीन जना नेपाली हराइरहेका छन् ।
उनीहरुको खोजीका लागि उच्च प्रविधिसहितको कोरियाली र तालिम प्राप्त कुकुरसहित नेपाली सेनाको टोली खटिएको थियो । बेपत्ताहरुको अहिलेसम्म केहि जानकारी पाउन सकिएको छैन ।











प्रतिक्रिया