९ मंसिर २०८३, बुधबार

नेपाली कांग्रेसका शिर्ष नेताहरु छलफलमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० माघ ।   नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक पार्टी सभापित शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसिरहेको छ । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, उपसभापति निधि, महामन्त्री डा शशाङ्क कोइराला, नेताहरु सिंह र सिटौलालगायत नेताहरु उपस्थित छन् ।

बैठकमा पार्टीको महाधिवेशनका विषयमा छलफल भइरहेको छ । बैठकमा संस्थापनईतर समुहले १४ औं महाधिवेशनको सुनिश्चितता खोज्ने छन् । पार्टी संस्थापन पक्षले आफू खुसी मनोमानी ढंगले क्रियाशील सदस्यता वितरण गर्ने तयारी गरेको भन्दै असन्तुष्ट समुहले आपत्ति जनाएको छ ।

गत पुस ११ गते केन्द्रिय समितिले पारित गरेको महाधिवेशनको कार्यतालिका हेरफेर गर्नुपर्ने पौडेल समुहको माग छ । पौडेल समुहले बहिष्कार गरेको उक्त बैठकले एकपक्षीाय रुपले महाधिवेशनको कार्यतालिका एवं पार्टीमा विभागहरु थप्ने प्रस्ताव पास गरेको थियो ।