
रुपन्देही, १० माघ । प्रहरीबाट असुरक्षित भएको भन्दै भैरहवाका पत्रकार माधव न्यौपानेले जीउधन सुरक्षाको माग गरेका छन् । पत्रकार न्यौपानेले विज्ञप्ती जारी गरी आफू प्रहरीबाटै असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेका हुन् ।
न्यौपानेले समाचार लखेको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेमकुमार थापाले जिल्ला प्रहरी कार्यालयमा बोलाएर सवा घण्टा सम्म अपराधीलाई जस्तो व्यवहार गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।
गौतम वुद्ध सन्देश दैनिकका प्रवन्ध निर्देशक, नेपाल पत्रकार महासँघका सदस्य तथा लुम्विनी प्रेस क्लवका सचिव समेत रहेका न्यौपानेले एसपी थापाको व्यवहारले आफु असुरक्षित रहेको भन्दै नेपाल पत्रकार महासँघ केन्द्रीय कार्यालय, नेपाल पत्रकार महासँघ प्रदेश कार्यालय, प्रेस काउन्सील नेपाल तथा मानव अधिकार आयोग वुटवललाई सम्बाेधन गर्दै जीउधन सुरक्षाको माग गरेका हुन ।
एसपी थापाले धम्की दिँदै मानसिक यातना दिएको पत्रकार न्यौपानेले बताए । एसपी थापाले गरेको व्यवहारले वाक स्वतन्त्रता, प्रकाशन एबम पुर्ण प्रेस स्वतन्त्रतामाथि प्रहार भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।












प्रतिक्रिया