
काठमाडौँ, १० माघ । बाग्मती प्रदेश सरकारले ९शुक्रबार० प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा आज सार्वजनिक बिदा दिएको हो । प्रदेश सरकारले बिदा घोषणा गरेकाले प्रदेशभर छुट्टी हुने वाग्मती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले जानकारी दिए ।
काठमाडौँ उपत्यकाका हकमा भने केन्द्र सरकारको राजपत्रानुसार हुने उनले बताए ।
तर गृह मन्त्रालयले गत वैशाखमा प्रकाशन गरेको राजपत्रानुसार प्रदेश सरकारले बिदा दिँदा आफ्नो प्रदेशभित्रका केन्द्र मातहतका कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालय, शिक्षालय, उद्योगधन्दा बन्द रहनेछन् ।











प्रतिक्रिया