३१ आश्विन २०८३, शनिबार

राष्ट्रिय सभाको १८ सिटमध्ये १६ मा सत्तारुढ नेकपा र २ मा राजपा विजयी

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ माघ । राष्ट्रिय सभा सदस्यको १८ सिटका लागि भएको निर्वाचनमा १६ वटामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा विजयी भएको छ ।

प्रदेश २ बाट २ सिटमा मधेश केन्द्रीत दल राष्ट्रिय जनता पार्टी नेपालले जित हात पारेको छ । प्रदेश २ मा नेकपा र राजपाले तालमेल गरेका थिए ।

निर्वाचन भएका सात वटा प्रदेश मध्ये ६ वटा प्रदेशमा नेकपाले एकलौटी जित हात पारेको छ । प्रदेश २ मा नेकपाले राजपासँगको तालमेलका कारण दुई सिट हात पार्न सफल भएको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि ४५ उम्मेद्वार प्रतिष्पर्धामा थिए ।

सूची