शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

युनाईटेड ईन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा रविभक्त श्रेष्ठ सर्वसम्मत

दैनिक नेपाल २०७६ माघ ९ गते २२:०९

काठमाडौँ, ९ माघ । युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको संचालक समितिको अध्यक्षमा उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी यस कम्पनीको संस्थापक शेयरधनी एन.ई गु्रप प्रा.लि.का अध्यक्ष समेत रहेका छन् ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम माघ ९ गते बिहीबार अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिएर पदभार ग्रहण गरेका कम्पनीका सचिव बिदुर बहादुर भुजेलले जनाएका छन् ।

अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी सफलतापूर्वक वहन गरिसकेका छन् । देशको अर्थतन्त्रप्रति गहिरो रूचि राख्नु हुने अध्यक्ष श्रेष्ठ नेपालको निजी क्षेत्रको प्रतिविम्ब मानिन्छन् ।

अध्यक्ष श्रेष्ठले युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई नयाँ उचाईमा पु¥याउन आफु प्रतिवद्ध रहेको बताए ।

कुशल व्यवस्थपकीय क्षमताका कारण समाजमा ख्याती कमाउनु भएका श्रेष्ठले संचालक समिति र सम्पूर्ण सेयरधनीहरूबीच सुमधुर सम्वन्ध विस्तार गरि युनाईटेड ईन्स्योरेन्सलाई देशकै उत्कृष्ट बिमा कम्पनीका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ ।

साथै, अध्यक्ष श्रेष्ठले कम्पनीलाई पूर्ण व्यवसायिक रूपमा अगाडि बढाउन आफू प्रतिवद्ध रहेको बताउँदै यसका लागि नियामक निकाय, सेयरधनी, विमित एवं शुभेच्छुकहरूबाट पूर्ण साथ र सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित