शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

टिपरको ठक्करबाट युवतीको मृत्यु, राजमार्ग तनावग्रस्त

दैनिक नेपाल २०७६ माघ ९ गते १९:५७

कञ्चनपुर, ९ माघ । टिपरको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगर बजारमा बिहीबार एक युवतीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत भाषीतर्फबाट ग्राभेल लिएर भीमदत्तनगरतर्फ आइरहेको से १ क ८८७ नं को टिपरको ठक्करले पैदलयात्रु महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत भानुचोक नजिकै टिपरको ठक्करबाट बैतडीको दशरथ चन्द नगरपालिका–१ गुरुखोलाकी २२ वर्षीया रमिता भट्टको मृत्यु भएको हो । उनी महेन्द्रनगरमा भाडामा बस्दै आएकी थिइन् ।

पश्चिमतर्फ आइरहेको से १ क ८८७ नम्बरको टिपरले समान दिशामा साइकलमा आइरहेकी भट्टलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

युवतीको मृत्युपछि स्थानीयले टिपरमाथि ढुंगामुढा प्रहार गरेका छन् । भानुचोक क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । स्थानीयले प्रहरीमाथि समेत ढुंगामुढा प्रहार गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित