३१ आश्विन २०८३, शनिबार

प्रदेश दुईमा महिलातर्फ नेकपाकी तुलसा दाहाल विजयी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


जनकपुर, ९ माघ । प्रदेश २ को महिलातर्फ राष्ट्रिय सभा सदस्यमा नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् ।

नेकपा र राजपाकी संयुक्त उमेदवार तुलसाले बिहीबार भएको मतदानमा कुल मतभार ५२०८ प्राप्त गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नागिना यादवलाई पराजित गरेकी हुन् ।

तुलसाले स्थानीयतर्फ स्थानीय तहतर्फ १४० मत ल्याएकी छन् भने प्रदेशतर्फ ५६ मत ल्याएकी छन् ।

यता कांग्रस उमेदवार नागिनाले भने स्थानीयतर्फ १३० ल्याएकी छन् भने प्रदेशतर्फ ५० मतसहित कुल मतभार ४७४० प्राप्त गरेकी थिइन् ।