
काठमाडौं, ९ माघ । नगरपालिका संघको बैठकमा भाग लिन अमेरिका गएकी कालिकोटको तिलागुफा नगरपालिकाकी उपमेयर नेपाल फर्किएकी छैनन् ।
गोष्ठीमा सहभागी हुन गत कात्तिकमा अमेरिका गएकी उपमेयर दन्ता नेपाली (दर्शना) सम्पर्कविहिन भएको नगरपालिकाका मेयर रत्नबहादुर शाहीले बताए । अमेरिका पुगेपछि उपमेयरसँग एकपटक मात्रै सम्पर्क भएको र बिरामी भएकाले फर्कन नसकेको जानकारी गराएको मेयर शाहीको भनाइ छ ।
उपमेयर नहुँदा न्यायिक समिति र योजना तथा अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिको काम प्रभावित भएको छ । २०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उमेदवार भएकी दन्ता १ हजार ८४३ मत ल्याएर उपमेयरमा निर्वाचित भएकी थिइन् ।











प्रतिक्रिया