मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

तस्करहरुको लागि प्रमुख नाका बन्दै रुपन्देहीको बेलहिया नाका

प्रतिक पाैडेल २०७६ माघ ९ गते १३:२०

भैरहवा, माघ ९ । रुपन्देहीको बेलहिया नाका पछिल्लो समय तस्करहरुको लागि प्रमुख नाका बनेको छ । नाकामै सुरक्षा निकायको बिशेष निगरानी हुने गरेपनि रुपन्देही हुँदैँ जाने रुपन्देहीमा बरामद नभएका करोडौ मुल्य बराबरको अवैध समान अन्य जिल्लामा धमाधम बरामद हुने गरेको छ ।

रुपन्देहीमा रहेकोशसस्त्र प्रहरी बल र जनपद प्रहरी भन्सार छलेर भारत बाट आउने धेरै मुल्य बराबरको सामान बरामद गर्नमा पटक पटक चुकेको देखिन्छ । यसको प्रमुख उदाहरण हो रुपन्देही हुदैँ गएको झण्डै डेढ करोडको अवैध मोबाइल प्रहरीले बुधबार बिहान काठमाडौंबाट बरामद गर्नु । यो पहिलो घटना होइन गत मंसिर २१ गते रुपन्देही हुदैँ गएको १ करोड मुल्य भन्दा बढिको मोबाइल र कपडा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको टोलीले सुनवल १२ भूमही चोकबाट भन्सार छलेर ल्याएको अवस्थामा दिल्ली बसबाट बरामद गरेको थियो ।

बुधवार काठमाडौंमा विभिन्न कम्पनीका ६३४ थान मोवाइलसहित काठमाडौं ३४ का ४० वर्षीय उमेश भट्ट र सिन्धुपाल्चोक शिखरपुर १ का इन्द्रबहादुर कटुवाललाई नागढुंगा प्रहरीले पक्राउ गरेको हो । चन्द्रागिरी २ को चेकप्वाइन्टमा भैरहवाबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको डिएल २ सीएटी ७०१७ नम्बरको कारबाट डेढ करोड मूल्य बराबरका मोबाइलसहत दुईजनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

चन्द्रागिरी २ को चेकप्वाइन्टमा भैरहवाबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको डिएल २ सीएटी ७०१७ नम्बरको कारबाट डेढ करोड मूल्य बराबरका मोबाइलसहत दुईजनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । एयर ब्याग, सिट, डिकी लगायतलाई फल्स बटमको रुपमा प्रयोग गरी सामसङ, ओप्पो, आइफोन, लेनोभो, नोकिया, हुवाई, नोकियालगायत १८ ब्राण्डका ६३४ वटा मोवाइल इनोभा ब्राण्डको खरानी रंगको कारभित्र राखेर लगेका थिए । मोवाइलसँगै एलसिडी तथा टच स्क्रिन कभर पनि बरामद भएको छ ।

मोवाइलहरुको अनुमानित बजार मूल्य १ करोड ५० लाख रहेको प्रहरीले जनाएको छ । उक्त मोबाइलको बिल भर्पाई केही नभएपछि पक्राउ गरेको प्रहरी भनाई छ ।

रुपन्देहीको सीमा क्षेत्रबाट तस्करी बढेको समाचारहरु बाहिरिँदा समेत बेवास्ता गर्दै आएको रुपन्देही प्रहरीकै मिलेमतोमा ती मोबाइल नेपाल भित्र्याइएको हुनसक्ने भैरहवा भन्सार कार्यालयका एक कर्मचारीले बताए ।

यस्तै गत मंसिर २१ गते बरामद भएका सामानमध्ये ८ कार्टुनमा ५० बढी मोबाईल रहेका थिए । एउटा मोबाईलको मूल्य करिब ३० हजारदेखि १ लाखसम्मका थिए । त्यसैगरी १८ बोरा ट्रयासुट र ८ कार्टुन औषधि पनि रहेको र बरामद भएको औषधिमा महंगा आयुर्वेदीक औषधि रहेको प्रहरीले जनाएको थियो ।

भैरहवा भन्सार प्रमुख कमल कुमार भट्टराईले उक्त सामग्री एकैपटक नेपाल भित्रीएको नभई चोरी तस्करी गर्नेहरुले मूल भन्सार नाकाभन्दा बाहिरबाट नेपाल भित्राई लगेको हुन सक्ने बताए । गैरकानूनी काम रोक्ने जिम्मेवारी प्रहरी प्रशासनको भएको उनको भनाई रहेको थियो ।

यसरी रुपन्देही नाका हुँदै करोडौँ मुल्यका अवैध समान नेपाल भित्रदा पनि रुपन्देही प्रहरी भने तस्करी रोक्न गम्भिर नभएको देखिन्छ । जिल्ला भित्र ५० भन्दा बढी प्रहरी चेकपोष्ट हुँदा पनि तस्करी भने रोकिन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित