१३ कार्तिक २०८३, शुक्रबार

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चाँगुनारायणमा मोटरसाइकल पल्टिँदा दुवाकोट बस्दै आएका सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ का २० वर्षे गणेश वयलकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चाँगुनारायण नगरपालिका–२ को महाङ्कालमा बुधबार राति बा ६७ प ४८७१ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर पल्टिँदा वयलकोटी गम्भीर घाइते भएका थिए ।

वयलकोटीलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।