३१ आश्विन २०८३, शनिबार

ठगीको आरोपमा दुईविरुद्ध जाहेरी दर्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


अमरगढी, ८ माघ । डडेल्धुरामा ठगी गरेकोे आरोपमा दुई प्रहरीविरुद्ध जाहेरी दर्ता गरिएको छ ।

आज जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा पिडीतले ठगी गरेको भन्दै कञ्चनपुर जिल्ला घर भई एग्रिकल्चर संस्था काठमाडौँको सिनामङ्गल शाखा प्रबन्धक गणेशदत्त भट्ट र एशोसिएशन अफ एग्रिकल्चर डडेल्धुरा शाखाका प्रमुख कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ चम्मन चौराह कलुवापुर बस्ने जयन्द्र साँकी गरी दुई जनाविरुद्ध ठगी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको मुद्दा फाँटका प्रमुख प्रहरी नायब निरीक्षक करवीरसिंह ऐरले जानकारी दिनुभयो ।

उनीहरुलाई एक गैरसरकारी संस्थाले किसान र कर्मचारीको रु २१ लाख बढी रकम लिएर फरार भएको आरोप लगाएको प्रहरीले जनाएको छ ।

एशोसिएशन अफ एग्रिकल्चर नामक संस्थाले डडेल्धुरामा शाखा विस्तार गरी कृषक समूह बनाएर रकम सङ्कलन गरेको र सो संस्थामा आबद्ध कर्मचारीलाई पारिश्रमिकसमेत नदिइ फरार भएको संस्थाका कर्मचारीको भनाइ छ ।

आठ कर्मचारीको पारिश्रमिक र कृषकलाई बीउबिजन तथा अनुदान र सस्तो ब्याजमा ऋण दिने गरी लिएको जम्मा रु २१ लाख ७२ हजार ५०० लगेर एक वर्षदेखि दुई जना नै सम्पर्कमा नआएको जाहेरीमा उल्लेख गरिएको प्रहरी नायब निरीक्षक ऐरले जानकारी दिनुभयो । –रासस