३१ आश्विन २०८३, शनिबार

प्रहरी कार्यालयमा ‘नागरिक सहजकर्ता सेवा’को शुरुआत

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ माघ । महानगरीय प्रहरी कार्यालयले उपत्यकाका प्रहरी कार्यालयमा आउने सेवाग्राहीको सुविधाका लागि ‘नागरिक सहजकर्ता सेवा’को शुरुआत गरेको छ ।

प्रहरीले दिने सेवा सहज, सरल, मर्या्दित, समान, निष्पक्ष र पारदर्शी बनाउने अभिप्रायले उपत्यकास्थित मुद्दा चल्ने प्रहरी कार्यालयमा कार्यालय समयमा नागरिक सहजकर्ताको सेवाको शुरुआत गरिएको प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

“प्रहरी कार्यालयमा आउने सेवाग्राहीको सहजीकरणका लागि आजदेखि नै नागरिक सहजकर्ताको ब्याच लगाई कार्यालयको प्रवेशद्वारमा नागरिकलाई सेवा दिने गरी बस्ने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो ।

कार्यालय प्रमुख पोखरेलले प्रहरीले नागरिकलाई दिने सेवा सहज, सरल, समान, पारदर्शी, निष्पक्ष र छिटोछरितो हुनुपर्ने बताउनुभयो । नागरिकलाई परेको पिरमर्का आफूलाई नै परेको सरह सम्झी काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

नागरिक सहजकर्ताको सेवा आजदेखि उपत्यकाका तीनवटै परिसर, महानगरीय ट्राफिक प्रहरी महाशाखा, ललितपुर र अपराध महाशाखा, उपत्यकाका सबै वृत्त तथा प्रभागमा शुरुआत गरिएको छ । –रासस