३१ आश्विन २०८३, शनिबार

‘छाउपडी प्रथा मनस्थितीबाटै हटाउनुपर्छ’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सुर्खेत, ८ माघ । कर्णाली प्रदेशको सुर्खेतमा छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवद्र्धन विषयक प्रदेश स्तरीय एक दिने अन्तरक्रिया वुधबार सम्पन्न भएको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले छाउपडी प्रथा मुलभूत रुपमा मनस्थितीबाटै हटाउनुपर्ने उल्लेख गर्दै छाउपडीसँगै बालबिवाह दाईजो प्रथा जस्ता सामाजिक अपराध अन्त्य गर्नका लागि प्राप्त कानूनी अधिकारको प्रयोग गर्न नेपाल प्रहरी दृढ संकल्पित रहेको बताए ।

कारवाहीले मात्रै सबै समाधान नहुने उल्लेख गर्दै महानिरीक्षक खनालले समुदायको साथ र सहयोग तथा समुदायले आफ्नो जिम्मेवारी निर्वाह गरेमा यस्ता सामाजिक अपराध अन्त्य गर्न ठूलो उर्जा मिल्ने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी, सो जिल्ला अन्तर्गत स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, जिल्ला समन्वय समितिका पदाधिकारीहरु, स्थानीय राजनैतिक दलका प्रतिनिधिहरु, भगिनी संगठनका प्रतिनिधिहरु, जिल्लास्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, धामी, झाक्री, किशोर किशोरी समूहका प्रतिनिधिहरु, सामाजिक परिचालक, परिचालिका, आमा समूहका प्रतिनिधिहरु, स्वास्थ्य स्वयमसेविका, महिला सहकारी संस्थाका प्रतिनिधि, निगरानी समूहका प्रतिनिधि, स्थानीय संचारकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो ।