३१ आश्विन २०८३, शनिबार

सांसद मनाङेविरुद्ध प्रहरीमा जाहेरी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ माघ । एन्फा कास्कीका मिलन गुरुङले गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) विरुद्ध वुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन् ।

पोखरामा मंगलबार भएको गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन अघि मिलन गुरुङ लाई कुटपिट गरेका थिए । मिलन एन्फा कास्कीका अध्यक्ष तथा प्रतियोगिता आयोजक समितिका कोषाध्यक्ष समेत रहेका छन् ।

मनाङेले आफ्नो जिल्ला मनाङबाट प्रतियोगितामा सहभागी हुन आएका खेलाडीलाई आवास र अभ्यास खेलका लागि मैदानको व्यवस्था नगरेको भन्दै प्रतियोगिताको उद्घाटन स्थलमा हातपात गरेका थिए ।

पीडित मिलनले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरितको कसुर हुँदा निजलाई ठाडै पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्कको सजाय गरी पाउँ भनी निवेदन दिएका छन् । उनले मुद्धा दर्ता गर्नु अघि पत्रकार सम्मेलन गरि आफ्नो सुरक्षा नभएको बताएका थिए ।

सांसदको गरिमालाई सम्मान गर्दै र मुख्यमन्त्री कप नबिथालीयोस भनेर सांसदले आफूलाई हातपात गर्दा पनि सहेर बसेको उनले बताए ।