९ मंसिर २०८३, बुधबार

आशा सिंह एआईजीमा बढुवा, प्रहरी अस्पताल प्रमुख

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । मन्त्रिपरिषद्को बैठकले प्रहरीको प्राविधिकतर्फको प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)मा आशा सिंहलाई बढुवा गरेको छ ।

उनलाई प्रहरी महानिरिक्षक (आईजी) सर्वेन्द्र खनालले बुधबार एक औपचारिक कार्यक्रममा दज्र्यानी चिन्हल लगाइदिएका छन् । एआईजीमा बढुवा सँगै अब सिंहले प्रहरी अस्पतालको मेडिकल डाइरेक्टरको जिम्मेवारी सम्हाल्नेछिन् ।

गृहसचिव प्रेमकुमार राई अध्यक्ष रहेको बढुवा समितिले सिंहको नाम सिफारिस गरेपछि सोही लाइनमा रहेका डिआईजी डा. मिनराज पाठकले लोक सेवा आयोगमा उजुरी दिएका थिए ।