काठमाडाैं, ८ माघ । बुधबार देशभरिकै मौसम सफा हुने मौसमविद्ले बताएका छन् ।
अहिले तराई र पहाडी भूभागमा लागेको हुस्सु र कुहिरो दिउँसोपछि हटेर देशभरिकै मौसम सफा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएकाे छ ।
अबको तीन दिन कतै पनि पानी र हिउँ पर्ने सम्भावना छैन । तराईमा हुस्सु र कुहिरो लागेर राम्रोसँग घाम नलाग्दा चिसो बढ्नेछ ।
बुधबार बिहान १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको काठमाडाैंको तापक्रम दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्नेछ ।











प्रतिक्रिया