९ मंसिर २०८३, बुधबार

अदालतको फैसला पाँच दशक वित्दापनि लालपुर्जा पाएनन् ४२ किसानले

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रौटा, ८ माघ । अदालतले फैसला गरेपनि कपिलवस्तु कृष्णनगरका ४२ दलित किसानले हालसम्म लालपूर्जा पाएका छैनन् ।

२०२६ साल साउन २६ गते अदालतले उखडा जग्गा जोतभोग गरेकालाई लालपूर्जा वितरण गर्ने फैसला गरेपनि उनीहरुले अझै लालपुर्जा पाउन नसकेका हुन् ।

उखडा टिब्यूलको बिशेष अदालतबाट निर्णय भएको जग्गा ऐन २०२१ अनुसार उखडा जग्गा जोतभोग गरेकालाई लालपुर्जा वितरण गर्ने ब्यवस्था गरेको छ ।

अदालतले फैसला गरेको ५० वर्ष वित्दा पनि ती किसानहरुको हातमा लालपूर्जा पर्न सकेको छैन । पाँच दशक वित्दापनि लालपूर्जा हातमा नपरेपछि जीवित किसानहरुले २०७५ पुस १५ गते भुमि ब्यवस्थापन तथा गरिबी निवारण मन्त्रालयमा पुनः उजुरी दिएका थिए ।

साँझ बिहानको छाक टार्न समेत धौ धौ रहेका भूमिहीन किसानहरु बिभिन्न निकायमा हारगुहार गर्दै सरकार समक्ष पुग्दा पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् ।

आफूहरूले दिएको निबेदन बिधेक सदनमा दर्ता भएको छ या छैन किसानहरुले जानकारी समेत पाउन नसकेको पीडित देबी प्रसाद रैदासले बताए ।

नेपालको संविधानको धारा ४० उपधारा ५ मा राज्यले भुमिहीन दलितलाई कानून बमोजिम एक पटक जग्गा उपलब्ध गराउनु पर्ने ब्यवस्था भए पनि हालसम्म कार्यान्वयन हुन नसकेकोमा किसानहरू चिन्चित बनेका छन् ।