बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

एनआईसी, इन्फ्रासफ्ट र एम्नीलबीच त्रिपक्षीय सम्झौता

दैनिक नेपाल २०७६ माघ ८ गते ७:५७

काठमाडौं, ८ माघ । एनआईसी एशिया बंैक लिमिटेड र इन्फ्रासफ्ट टेक्नोलोजी लि. भारत, एम्नील टेक्नोलोजी प्रा. लि. नेपालका बीच एन्टी मनि लाउण्डरिङ खरिद गर्ने त्रिपक्षीय सम्झौता सम्पन्न भएकोे छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्फ्रासफ्ट टेक्नोलोजी लि. का तर्फबाट कम्पनीका भाइस प्रेसिडेन्ट डेलिभरी प्रोडक्ट अमित शर्मा, एम्नील टेक्नोलोजि प्रा. लि. का तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमित जोशीले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता अनुसार इन्फ्रासफ्ट टेक्नोलोजी लि. र एम्नील टेक्नोलोजी प्रा. लि. ले बैंकलाई अन्तर्राष्ट्रियस्तरको सामाग्रीहरू उपलब्ध गराउनेछ ।

सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरूले तोकेको मापदण्डहरु प्रभावकारी रुपमा कार्यान्वयन हुने र सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको छ ।

बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राख्दै नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरुले तोकेको मापदण्डलाई अक्षरशः पालना गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित