शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

आईएमएस ग्रुप नेपालका लागि लिनियरफ्लक्सकाे आधिकारिक बिक्रेता

दैनिक नेपाल २०७६ माघ ७ गते १८:५७


काठमाडौँ, ७ माघ । आईएमएस ग्रुप अब नेपालमा लिनियरफ्लक्सका लागि एक मात्र आधिकारिक बिक्रेता बनेका छन् ।

बाइ डा ड्रि एन्ड मन्सटर प्रोडक्टसका ईन्जिनियरहरूले बनाएका, लिनियरफ्लक्स हेडफोनको एक ब्रान्ड हो जसले वायरलेस, हाइपर डेफिनेशन अडियोकोे अनुभव दिनेछ ।

निरन्तर २ वर्षको अनुसन्धान र प्रविधि विकासपछि अमेरिकन ब्राण्ड लिनियर फ्लक्स आधिकारिक रुपमा लन्च भएको हो ।

लिनियर फ्लक्स हाइपरसोनिक एक वायरलेस हेडफोन हो जुन सक्रिय जीवनशैलीको लागि बनेको हो । यस हेडफोनलाई लेडी गागा जस्ता विभिन्न सांगीतिक क्षेत्रका हस्तीहरुबाट परिक्षण भएको छ ।

यसको डीएलजेरो वान इमर्सिभ ध्वनि इन्जिनको विशेषताले संगीतको स्पष्टता बढाउँछ र बेसको लागि उपयुक्त रहेको छ । लिनियर फ्लक्स हाइपर सोनिक पानी प्रतिरोधी छ र यसमा कुनै पनि रिचार्जेबल केबुलहरू आवश्यक पर्दैन ।

यसको विषेशता भनेको पिलो सफ्ट इयर टिप्स दुई थरीका रङ्गहरुमा पाईनेछ साथै यसले बाहिरी ध्वनी कम गरी विस्तृत ध्वनि सुन्न र बेसको आनन्द लिन मद्दत गर्दछ ।

लिनियर फ्लक्स हाइपरसोनिक का विशेषताहरु:

  • वायरलेस चार्जिंग
  • वाटरप्रुफ आइपीएक्स एन्ड रेटेड
  • इमर्सिभ एजडी साउन्ड
  • २० घण्टा भन्दा बढी बजाउन सकिने
  • एपल सिरी तथा एन्ड्रोइड एसिस्टेन्टमा काम गर्ने
  • ५ मिनेटको हाइपर चार्जले १ घण्टसम्म बजाउन सकिने
  • प्यासिभ नोइज क्यान्सेलेसन
  • धेरै हलुका

हाल कम्पनीले लिनियर फ्लक्सका उत्पादनहरू स्मार्टडोकोको मार्फत उपलब्ध गराएको छ, जुन नेपालका अग्रणी अनलाइन मेगास्टोरहरू मध्ये एक हो ।

साथै आइएमएस लिटल स्माइलस् सोरुम सिटी सेन्टर र आइएमएस स्मार्ट सोरुम ताम्राकार कम्प्लेक्स् चौथौं तल्ला, पाकोमा उपलब्ध गराएको छ ।

आइएमएस ग्रुपबारे

आइएमएस ग्रुप एक निरन्तर रुपमा सबैभन्दा चाँडै बढ्दै आएको संगठन हो जसको २० वटा भन्दा बढी कम्पनी रहेको छ ।

आइएमएस ग्रुप, नेपालको लागि सामसुंग स्मार्टफोनको राष्ट्रिय स्तरको विक्रेता हो । साथै नेपालमा पहिलो पटक १९९८ मा आधिकारीक रुपमा मोबाइल आयात गर्ने पहिलो कम्पनी हो ।

विगत २७ वर्षको अन्तरालमा यो कम्पनी विविध क्षेत्रहरुमा बढ्दै आईरहेको छ । यो कुरा आइएमएस ग्रुपसँग आबद्ध कम्पनीको संख्याबाट स्पष्ट रुपमा देखिन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित