९ मंसिर २०८३, बुधबार

सभामुखमा सापकोटाद्वारा उम्मेद्वारी दर्ता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ ।  नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अग्नि सापकोटाले सभामुख पदका लागि उम्मेद्वारी दर्ता गरेका छन्।

सापकोटाले नेकपाका नेता सुवासचन्द्र नेम्वाङ प्रस्तावक तथा नेकपाकै ओनसरी घर्ती, देव गुरुङ र राजपाका लक्ष्मणलाल कर्णको समर्थनमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

संघीय संसद भवन नयाँ बानेश्वर पुगेर सापकोटाले उम्म्द्वारी दर्ता गराएका हुन्। काङ्ग्रेसले प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी नदिने भएको छ ।
बैठकले सत्तारुढ दलसँग पर्याप्त बहुमत रहेको र सभामुख पद तटस्थ रहनुपर्ने पद भएकाले आफ्नो तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो ।

यससँगै सापकोटा सर्वसम्मतरुपमा सभामुख चयन हुने लगभग निश्चित जस्तै बनेको छ ।