९ मंसिर २०८३, बुधबार

श्रीमती हत्या गर्ने श्रीमान पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, ७ माघ ।  श्रीमतीको हत्या गरेको आरोपमा बारामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

३२ वर्षीय मालती देवी नुनियाको हत्या गरेको आरोपमा प्रहरीले पचरौता नगरपालिका-१ पिपरपाती टोलका रामया महतोलाई पक्राउ गरेको हो ।

महतोले गत शुक्रबार श्रीमती मालतीको हत्या गरी सोही ठाउँको जमुनी नदी किनारमा जलाउँदै गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले शव जलिरहेको अवस्थामा फेला पारेको थियो । घटनापश्चात फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो ।

महतोलाई ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलाय बाराले जनाएको छ ।