३१ आश्विन २०८३, शनिबार

भारतीय जनता पार्टीको नयाँ अध्यक्षमा नाडा चयन

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, ६ माघ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय अध्यक्षको जिम्मेवारी नयाँ व्यक्तिलाई दिइएको छ ।

पार्टीले सोमबार नेता जगत प्रकाश नाडालाई पार्टीको अध्यक्षमा निर्वा्चित गरेको नेताहरुले जानकारी दिएका छन् ।

उहाँ विगत छ महिनादेखि कार्यबाहक अध्यक्षको रूपमा रहनु भएको थियो । तत्कालिन पार्टी अध्यक्ष अमित शाह गृहमन्त्री भएपछि उहाँले राजीनामा दिएर नाडालाई कार्यबाहक अध्यक्ष बनाइएको थियो ।

नाडा सोमबारदेखि औपचारिक रूपमा भाजपाको ११औँ अध्यक्ष बन्नुभएको छ । उहाँ यसअघि हिमाञ्चल प्रदेशको मन्त्रीसमेत हुनुभएको थियो ।

भारतको सत्ताधारी दल भाजपाले आफ्नो दलमा सन् २०१९ सम्ममा १८ करोडभन्दा बढी सदस्यहरू रहेको दावी गरेको छ । –रासस