
पर्सा, ६ माघ । वीरगंजबाट प्रहरीले हत्या अभियोगमा फरार रहेका ३ जनालाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका २२ जगरनाथपुरस्थित बाँसघारीमा बहुदरमाई नगरपालिका ७ बस्ने २५ वर्षीय सुरेन्द्र सहनीको हत्या गरी फरार रहेका ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका ११ श्रीपुर बस्ने २२ वर्षीय अजय कुमार साह, २० वर्षीय राजन साह कानु र सोही ठाउँस्थित रानिघाट बस्ने २० वर्षीय कृष्ण कुमार गुप्ता रहेका छन् ।
गत पुस १९ गते साँझ सुरेन्द्रको चक्कु प्रहारबाट हत्या भएको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।















प्रतिक्रिया