३१ आश्विन २०८३, शनिबार

सिद्धार्थनगर जेसिसमा नयाँ अध्यक्ष भण्डारी

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सिद्धार्थनगर, ६ माघ । जेसीआई सिद्धार्थ नेपाल सिद्धार्थनगरको ४४ औं साधारण सभा तथा शाखा अधिवेशनबाट मंगल भण्डारी अध्यक्षमा निर्वाचित भएका छन । प्रतिद्वन्दी भुवन राणालाई पछि पार्दै शाखा सम्पादक भण्डारी निर्वाचित भएका हुन् ।

एक वर्षे कार्यकाल रहेको जेसीआई सिद्धार्थको सन २०२० का लागि कार्यकारिणी उपाध्यक्षमा लोकमणी भटराई र कुशल कुुमार उपाध्याय सर्वसम्मत चयन भएका छन् त्यस्तै उपाध्यक्षमा सतिश थैब, नरेन्द्र बन्जाडे र युबराज श्रेष्ठ निर्वाचित भएका छन् ।

४ निर्देशक पदका लागि राजु शर्मा, देवराज भण्डारी, साकार न्यौपाने र कृतेश कुमार श्रेष्ठ निर्वाचित भएको निर्बाचन आयुक्त एवं संस्थाका पूर्व अध्यक्ष डाक्टर शम्भु कुमार गुप्ताले बताए । अध्यक्ष बाहेकका अन्य पदमा भने निर्विरोध निर्वाचित भएको थियो ।

बाँकी महासचिव र कोषाध्यक्ष पद भने नव निर्वाचित अध्यक्ष भण्डारीले मनोनयन गर्ने प्रावधान रहेकोले पदस्थापन समारोहमा सो पदका लागि मनोनयन गर्ने छन् ।

साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै सविंधान सभा सदस्य ईस्तियाक अहमद खानले जेसिसमा लागेका युवाहरुले सकृय रुपमा समाजमा योग्दान दिइरहेकोले यसलाई निरन्तरता दिँदै जानु पर्ने बताए ।

जेसीआई सिद्धार्थका अध्यक्ष राकेश गुरुंगको सभापतित्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष शम्भु कुमार गुप्ता र ओम कुमार श्रेष्ठ, मानार्थ सदस्य डां गोबिन्द बल्लभ भट्ट, सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, जेसीआई नेपालका बर्ष २०१९का उपाध्यक्ष कमल भण्डारी, जेसीआई सिद्धार्थ लेडीका अध्यक्ष पार्बती पौडेल लगायतले जेसिजले युवा युवतीलाई एक ढिक्का गरि सामाजिक र समाज सुधारक गतिविधीमा अग्रसर रहन, युवाहरुले निगरानी गर्दै नेपाललाई भष्ट्राचारबाट निकाल्न र जेसिसको सिद्धान्त, परिधीमा रहेर नारा जस्तै विधिको शासनमा रहन सुझाव दिए ।

कार्यकारीणी उपाध्यक्ष दिपक काफलेको सञ्चालन, एरिया घ संयोजक सागर पोखरेलको आस्थापाठबाट सुरु भएको कार्यक्रममा अधिवेशन निर्देशक गोपाल ज्ञवालीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा वर्ष २०१९का कोषाध्यक्ष ऋषीराम पान्डेले आय व्याय सहितको वार्षिक प्रतिवेदन, महासचिव पंकज उदासले कार्य प्रगतिको विवरण पेश गरेका थिए ।