शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सिटिजन्स बैंकका थप ४ नयाँ शाखा संचालनमा

दैनिक नेपाल २०७६ माघ ६ गते १२:५८

काठमाडौँ, ६ माघ ।   सिटिजन्स बैँक लिमिटेडले आइतबारबाट थप चार वटा नयाँ शाखा विस्तार गरेको छ । बैँले चितवनको टाँडी, लमजुङको भोटेओडार, कपिलवस्तुको जितपुर र नुवाकोटको देवीघाटमा नयाँ शाखा विस्तार गरेको हो ।

विस्तारित शाखाहरुको उद्घाटन समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नयाँ शाखाहरु मार्फत बैकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैँकले लिएको छ ।

बैकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, एटीएम सेवा, घर कर्जा, साना व्यवसाय कर्जा लगायतका वित्तीय सेवाहरु छिटो छरितो र चुस्त रुपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्वता बैँकले गरेको छ ।

यस बैँकले प्रदेश नम्बर १ मा ११, प्रदेश नम्बर २ मा ८, बाग्मती प्रदेशमा ३९, गण्डकी प्रदेशमा छ, प्रदेश नम्बर ५ मा १३, कर्णाली प्रदेशमा ७ र सुदुरपश्चिम प्रदेशमा ५ गरी ८९ वटा शाखाबाट ग्राहकवर्गलाई सुविधा दिँदै आएको छ ।

बैँकले घरमै बसेर खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा साथै घरमै बसेर बैँक खाता खोल्न सकिने जस्ता सुविधा पनि प्रदान गर्दे आइरहेको छ ।

यस बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त श्री सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर गरिसकेको छ ।

प्राप्ति पश्चात बैंकको कुल शाखा १०३ पुग्नेछ भने प्रदेश नं २ मा थप १३ तथा बागमती प्रदेशमा १ शाखाहरु संचालनमा आउने छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा,

८५ वटा एटीएम र १०३ वटा शाखासहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित