शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

छैठौँ महिला उद्यमी सम्मेलन आयोजना हुँदै

दैनिक नेपाल २०७६ माघ ५ गते २१:५४


काठमाडौँ, ५ माघ । छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ ।

नेपाली युवा उद्यमी फोरमको सिग्नेचर कार्यक्रम यो वर्ष माघको दोश्रो हप्ता विगत चार वर्ष जस्तै यो वर्ष पनि लक्ष्मी बैंकको प्रायोजनमा आयोजना गरिने भएको छ । कार्यक्रम कनेक्ट, कोलाबोरेट र क्रियट भन्ने नाराका साथ आयोजना गरिदैँछ ।

त्यसैगरि कार्यक्रमको प्लाटिनम स्पोनसर अन्तर्राष्ट्रिय श्रम संगठन रहेको छ जसले महिला उद्यमशिलतालाई प्रवद्र्धन गर्दै आएको छ । गतवर्षको सम्मेलनमा पनि करिब ३० प्रतिशत सहभागिता पुरुषको थियो र यो वर्ष पनि महिलापुरुष दुवैको सहभागिता रहनेछ ।

यो वर्ष ३०० भन्दा बढी सहभागीहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । कार्यक्रममा, उद्यमी, श्रमिक महिला, विभिन्न व्यावसायीहरु लगायत विभिन्न विज्ञहरु र विद्यार्थीहरुको उपस्थिति रहने छ ।

कार्यक्रममा विभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानल छलफल लगाय विभिन्न कार्यशालाहरुको पनि आयोज नागरिनेछ । कार्यक्रम माघ १२ गते लाजिम्पाटको र्याडिसन होटलमा आयोजन गरिनेछ ।

सम्मलेनको मुख्य आकर्षणहरु:

  •  एकदिने यस सम्मेलनमा महिला उद्यमशिलताका विषयमा र उनिहरुले भोगेका चुनौती र अवसरहरुको बारेमा विभिन्न सत्रहरुमा छलफल गरिनेछ
  •  सहभागिहरुको बौद्धिक तथाकार्य क्षमतालाई प्रोत्साहन गरिनेछ
  •  यो वर्षको सम्मेलन महिला उद्यमीहरुको लागिआफू जस्तै अन्य उद्यमीहरुसँग जनसम्पर्क बढाउनको लागि एउटा राम्रो अवसर हुनेछ । यस सम्मेलनको मुख्य दुई सत्रहरु हुनेछन्
  • पहिलो हुनेछ : सिकोनोमी Sheconomy यो शब्द सन् २०१७मा प्रतिपादन गरिएको हो । महिला लक्षित बजारलाई प्रवर्द्धन गर्ने सोच सहित Sheconomy धारणाको सुरुवात भएको हो ।  विश्वको आर्थिककाविभिन्न क्षेत्रहरुमा जस्तै अनलाइन, हेल्थकेयर, आर्थिक सेवाहरु, इ कर्मस तथाशिक्षा जस्ता क्षेत्रहरुमा महिला उपभोक्ताहरुको सहभागिता बढ्दै गइरहेको छ । साथै पराम्परागत हिसाबले पुरुषलक्षित बस्तुहरुको उत्पादनमा पनिमहिलाहरुको सहभागिता बढ्दै गइरहेको छ । यी र यस्ता विषय संग सम्बन्धित विषयहरुमा यस छत्रमा छलफल हुनेछ ।
  • दोश्रो सत्र रहनेछ : entrepreneurial ecosystem यस सत्रमा विज्ञहरु र सरोकारवालाहरु विच सम्बन्धविस्तार गर्ने अवसर मिल्नेछ
  • story corner सत्रमा लगानी, व्यावसायको वृद्धि, साझेदारी तथा नेतृत्वलगायत विषयहरुमा छलफल हुनेछ ।
  • साथै सम्मेलनमा विभिन्न उत्पादनहरुको स्टलहरु पनि राखिनेछ ।
  • यो सःशुल्ककार्यक्रमहो यद्यपि विद्यार्थी, वञ्चित महिलाउद्यमीहरुलाई भने विशेष निःशुल्क सहभागिताको व्यवस्था हुनेछ
  • सम्मेलनमा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय तथा संघसंस्थाका महिला उद्यमीहरुको सम्बाेधनकाे सेसन रहेनछ ।
प्रतिक्रिया
सम्बन्धित