
काठमाडौँ, ५ माघ । न्हुज: खल: को आयोजनामा आगामी फागुन ११ गते कविता प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगितामा ४० वर्ष नकाटेको नेपाली नागरिकले १ सय ५० शब्दमा नेपाली भाषामा कविता लेखि पठाउनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन देशभरबाट अनलाइनमार्फत् कविता सम्प्रेषण गर्न सकिने छ । सो कविता माघ २५ गतेसम्ममा पठाइसक्नुपर्ने छ । छानिएका कविता लेखकलाई आयोजकले सम्पर्क गर्ने अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा पहिलो हुनेलाई नगद ५० हजार प्रदान गरिने छ भने दोस्रो र तेस्रो हुनेलाई क्रमश: ३० हजार र २० हजार प्रदान गरिने छ । त्यस्तै सान्त्वना पुरष्कार दुई जनालाई १०/१० हजार प्रदान गरिने आयाेजकले जनाएकाे छ ।















प्रतिक्रिया