शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कामना सेवाकोे प्रदेश ५ मा एकैसाथ २ वटा शाखा सञ्चालनमा

दैनिक नेपाल २०७६ माघ ५ गते १९:१९


काठमाडौँ, ५ माघ । कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं. ५ मा एकैसाथ २ वटा शाखा सञ्चालनमा ल्याएको छ ।

नवलपरासीको बर्दघाट नगरपालिका वडा न. ४, बर्दघाट र रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५, मणिग्राममा यही माघ ५ गते दुवै शाखा कार्यालयको उद्घाटन गरेको छ ।

यो सँगै अब बैंकको शाखा संख्या ११६ पुगेका छन् । बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रmपमा गरेका थिए ।

यसैगरी मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिका बासुदेव घिमिरे र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रmपमा गरेका थिए ।

काठमाडौँको ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११६ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटीएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।

साथै बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग भी फाइभ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित