
काठमाडौँ, ५ माघ । सत्तारुढ नेकपाको सचिवालय बैठकले पार्टीको नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
पार्टीका महासचिव समेत रहेका विष्णु पौडेलले सापकोटालाई सभामुख पदमा उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको बताए ।
‘सभामुख पदका लागि दलका तर्फबाट धेरै आकांक्षीहरू हुनुहुन्थ्यो। त्यसमध्ये सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय सर्वसहमतिका साथ गरिएको छ,’ पौडेलले भने ।
अब उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने बाटो खुलेको छ । उनले नेकपाले सभामुख उम्मेदवार तय गरेपछि मात्र उपसभामुख पदबाट राजीनामा दिने बताउँदै आएकी थिइन् ।















प्रतिक्रिया