३१ आश्विन २०८३, शनिबार

मिस ग्ल्याम नेपाल २०२० को उपाधि जनकपुरकी रोजिना बस्नेतलाई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ५ माघ । सौन्दर्य प्रतियोगिता मिस ग्ल्याम नेपाल २०२० को उपाधि जनकपुरकी रोजिना बस्नेतले चुमेकी छन् ।

उनले राजधानीको ठमेल स्थित छायाँ सेन्टरमा शनिबार भएको अन्तिम प्रतिस्पर्धामा उपाधिसँगै मिस फोटोग्राफी, मिस मल्टिमिडिया र मिस बेष्ट वाकको उपाधि समेत हात पारिन् । उनलाई उपाधिसँगै क्राउन, नगद र गिफ्ट ह्याम्पर कार्यक्रमकी प्रमुख अतिथि हाँस्यसाम्राज्ञी बसुन्धरा भुसालले प्रदान गरेकी थिइन् ।

१३ जान अन्तिम प्रतिस्पर्धी रहेको प्रतियोगीतामा बर्दिबासकी रेनुका बोगटी फष्ट रनरअप र सेकेण्ड रनरअप धरानकी सम्झना परियार भइन् । सम्झनाले मिस ग्ल्याम लुकको उपाधि समेत हात पारिन । उनीहरुलाई उपाधिसँगै नगद र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

यस्तै प्रतियोगितामा पोखराकी पूर्णिमा गुरुङले मिस ट्यालेन्ट र भ्युर्अस च्वाइसको उपाधि हात पारिन भने सुर्खेतकी लक्ष्मी चौधरीले अर्गेनाइजर च्वाइस, काठमाडौंकी स्मारिका शेरचनले मिस वेष्ट पर्सानालिटी, ईलामकी विज्ञान सारु मगरले मिस कन्फिडेन्ट, सुर्खेतकी तुलसी पुलामी मगरले मिस बेष्ट हेयर र भक्तपुरकी प्रकृति अधिकारीले मिस डिसीपिलनीकोे उपाधि हात पार्न सफल भए ।

प्रतियोगितामा बिभिन्न अडिशनबाट युवतीलाई अन्तिम प्रतिस्पर्धीका लागि छानिएको आयोजक संस्था अरोमा इन्टरटेन्मेनट प्रा.लि.का अध्यक्ष अशोककुमार तामाङले जानकारी गराए ।

प्रतियोगिताले किशोरीहरुमा आत्म विश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वतृत्व कलाको विकास गराउने र नेपाली पोशाकलाई अन्तर्रा्ष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य लिएको अध्यक्ष तामाङले बताए ।

सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षणलगायतका अन्य विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रतियोगिलाई प्रशिक्षण दिइएको म्यानेजिङ डाइरेकटर सुस्मिता गोलेले जानकारी गराइन् ।

अन्तिम प्रतिस्पर्धाको निर्णयकमा गायिका सत्यकला राई, प्रथम नेपाल आइडल बुद्ध लामा, नायिका मिरुना मगर, निर्देशक मुस्कान ढकाल, मिस नेपाल आइडल २०१९ निमा लामु शेर्पा र सौन्दर्यविद् शशि शाही रहेका थिए ।

गायक बुद्ध लामा यो प्रतियोगिताको ब्राण्ड एम्बेशडरमा समेत रहेका छन् । प्रतियोगितामा बुद्ध लामा र सत्यकला राईको साङ्गीतिक प्रस्तुति रहेको थियो ।