
कपिलवस्तु, ५ माघ । बिजयनगर गाउँपालिका ५ नौरङ्गियाबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको ५४ वटा खसी प्रहरीले बरामद गरेको छ ।
शनिबार साँझ ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीलाई देखेर ल्याउँदै गरेको उक्त खसीहरू छोडी मानिस फरार भएपछि ती खसीहरू नियन्त्रणमा लिइएको उक्त प्रहरी कार्यालयले जनाएको छ ।















प्रतिक्रिया