३१ आश्विन २०८३, शनिबार

सौन्दर्यविद सोनी काररंजितद्वारा एलिनाज ब्युटीपार्लरको उद्घाटन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ माघ । सौन्दर्यकर्मी एलिना श्रेष्ठ द्वारा संचालनमा ल्याइएको तार्केश्वर नगरपालिका जरंखु स्थित एलिनाज ब्युटीपार्लरको उद्घाटन प्रमुख अतिथि वरिष्ठ सौन्दर्यविद तथा समाजसेवी सोनी काररंजित द्वारा सम्पन्न भएको छ । उक्त अवसरमा अन्य सौन्दर्यकर्मीहरु, संचारकर्मी तथा स्थानीय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

युवा व्यवसायी सौन्दर्यकर्मी एलिना श्रेष्ठ द्वारा सञ्चालित एलिनाज ब्युटीपार्लर उक्त क्षेत्रको अत्याधुनिक प्रविधि मार्फत सौन्दर्य सम्बन्धी सम्पूर्ण सुविधा सम्पन्न ब्युटी पार्लर हो ।

विगत चार वर्षदेखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभवलाई आफ्नै ठाउँमा केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको एलिनाज ब्युटीपार्लरमा अनुभवी सौन्दर्यकर्मी मार्फत ग्राहकहरुलाइ सेवा सुबिधा प्रदान गरिन्छ भने महिलाहरुलाइ चाहिने सौन्दर्य सामग्री समेत बिक्री वितरण हुने कुरा सौन्दर्यकर्मी एलिना श्रेष्ठले बताइन् ।

आफ्नो व्यवसायिक सफलताको श्रेय आफ्नी आमा इन्दिरा श्रेष्ठ र आफ्नी गुरुआमा सोनी काररंजितलाइ दिने उनले उहाँहरुको नै हौसला तथा प्रेरणाले गर्दा आफूले व्यवसाय सुरु गरेर आत्मानिर्भर बनेको बताइन् ।

रोज शिप विकास तालिम केन्द्रकि अध्यक्ष तथा प्रमुख अतिथि वरिष्ठ सौन्दयविद सोनी काररंजितले पार्लरको रिबन काट्दै आफ्ना विद्यार्थीहरुले शिप सिकेर आत्मानिर्भर भएकोमा खुसि व्यक्त गर्दै एलिनाज ब्युटीपार्लरले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने कुरा बताइन् भने व्यवसायिक सफलताको शुभकामना समेत व्यक्त गरिन् ।