शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

राहदानी बनाउन नक्कली नागरिकता पेश गर्ने युवक पक्राउ

दैनिक नेपाल २०७६ माघ ५ गते १०:३६

काठमाडौं, ५ माघ ।  जिल्ला प्रशासन कार्यालय लमजुङबाट नक्कली नागरिकताबाट राहदानी बनाउने एक व्यक्ति पक्राउ परेका छन् ।

साविक मालिङ गाउपालिका ६ का सुवास लामाले नक्कली नागरिकताबाट राहदानी बनाउनका लागि नागरिकता पेश गर्दा शंकास्पद देखिएपछि लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रशासन कार्यालय लमजुङबाट जारी गरिएको देखिएको उक्त नागरिकतामा प्रमाणपत्रको नम्बर ४५ हुनुपर्नेमा ४४ उल्लेख छ । उक्त कोड गोरखा जिल्लाको कोड हो ।

०७४ साल बैशाख ३१ गतेको स्थानिय तहको निर्वाचनपछि तत्कालीन मालिङ गाविस क्होलासोंथर गाउँपालिका २ भएको छ । ०७४ पुस १७ गते जारि गरिएको उक्त नक्कली नागरिकतामा मालिङ ६ उल्लेख छ ।

नागरिकता जारि गर्ने व्यक्तिको ठाउँमा प्रशासकिय अधिकृत डिल्लीप्रसाद श्रेष्ठ रहेको भेटीएको प्रशासनले जनाएको छ । तर जिल्ला प्रशासन कार्यालयमा प्रशासकिय अधिकृतको दरवन्दी र उक्त पद नहुने प्रजअ खड्काको भनाई छ ।

श्रेष्ठ तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालय गोरखामा कार्यरत रहेको खुलेको छ । नागरिकतामा प्रशासन कार्यालयको छाप असुद्ध भएकाले नक्कली छाप हुन सक्ने प्रशासनले जनाएको छ ।

प्रजिअ खड्काले नागरिकतामा ६ वटा गलत कुरा भेटीएपछि अनुसन्धान थालिएको हो । बिहीबार जिल्ला प्रशासन कार्यालयमा राहदानीका लागी कागजपत्र पेश गरेका लामालाई प्रहरीले शुक्रबार नै नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया
सम्बन्धित