बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

शहीद स्मारक लिगमा मनाङ र थ्रिस्टारको खेल बराबरी

दैनिक नेपाल २०७६ माघ ४ गते २१:४६


काठमाडौँ, ४ माघ । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आजको खेलमा मनाङ–मस्र्याङ्दी क्लब र थ्री स्टारले क्लबले दुई दुई गोलको बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मनाङका लागि अञ्जन विष्टले दुई गोल गर्नुभयो । उहाँले खेलको ४९औँ मिनेटमा पेनाल्टीमा गोल गर्नुभयो । डी बक्समा अशोक खवासले अञ्जनलाई लडाएपछि मनाङले पेनाल्टी पाएको हो ।

खेलको ६९औँ मिनेटमा अन्जनले नै दोस्रो गोल गर्नुभयो । कमल श्रेष्ठले उपलब्ध गराएको फ्रि–किकमा उहाँले हेडमार्फत गोल गर्नुभएको हो । यसअघि पहिलो हाफको २०औँ मिनेटमा थ्री स्टारका लागि भारतीय खेलाडी लाल रम्मावियाले गोल गर्नुभयो । उहाँले फ्रि–किकमा गोल गर्नुभएको हो ।

खेलको ८३औँ मिनेटमा लाल रम्मावियाले नै दोस्रो गोल गर्दै खेललाई बराबरीमा पु¥याउनुभयो । खेलमा मनाङका अञ्जन म्यान अफ दी म्याच घोषित हुनुभयो । बराबरी खेलेपछि मनाङ १३ अङ्कका साथ लिगको तेस्रो स्थानमा छ भने थ्री स्टार ११ अङ्कसहित पाँचौँ स्थानमा छ ।

जाउला खेलविरुद्ध पुलिस विजयी

यसअघि आजै भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गरेको थियो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसले जाउलाखेललाई २–० गोलले हरायो ।

पुलिसका लागि सौजन राई र सुमन सुवेदीले गोल गर्नुभएको हो । खेलको २७औँ मिनेटमा सौजनले तथा खेलको ४८औँ मिनेटमा सुमनले गोल गर्नुभएको हो ।

सो खेलको म्यान अफ दी म्याच पुलिसका सौजन घोषित हुनुभयो । जितसँगै पुलिस ११ अङ्कसहित लिगको चौथो स्थानमा पुगेको छ भने जाउलाखेल नौ अङ्कका साथ छैटौँ स्थानमा छ । –रासस

प्रतिक्रिया
सम्बन्धित