शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

फागुनमा नेपालगञ्जमा वृहत विज्ञान तथा प्रविधि महोत्सव हुने

दैनिक नेपाल २०७६ माघ ४ गते २१:१६


बाँके, ४ माघ । आगामी फागुन ८ गते देखि १० गते सम्म नेपालगञ्जमा विज्ञान तथा प्रविधिको वृहत प्रदर्शनी एवं महोत्सवको आयोजना हुने भएको छ । आयोजक संस्था ग्रान्ड साईन्स फेस्टिवलले शनिबार नेपालगञ्जमा पत्रकार भेटघाट गरि सो कुराको जानकारी गराएको हो ।

‘राष्ट्र निर्माणका लागि विज्ञान तथा प्रविधि’ भन्ने मुल नाराका साथ आउने फागुन महिनाको ८ देखि १० गतेसम्म नेपालगन्जको सडक डिभिजन कार्यालय परिसर, कारकादोमा उक्त महोत्सव हुने आयोजक समितिका अध्यक्ष आतंक बस्नेतले बताउनुभयो । महोत्सवमा विज्ञान र प्रविधिसँग सम्बन्धित तिन सय स्टलहरु राखिने अध्यक्ष बस्नेतले बताए ।

प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदुर पश्चिम् प्रदेशका ३१ जिल्लाका सामुदायिक तथा निजी विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुको वैज्ञानिक प्रतिभा प्रदर्शन, देशैभरिबाट युवा वैज्ञानिकहरुको प्रतिभा प्रदर्शनी, बिज्ञान र प्रविधिसङ्ग सम्बन्धित कविता, वादविवाद र नाटकको प्रतियोगिता समेत रहने अध्यक्ष बस्नेतले बताए ।

आयोजकका अनुसार विद्यालय स्तरको वैज्ञानिक प्रतिभा प्रदर्सन प्रतियोगिताका प्रथम हुनेलाई १ लाख, द्वितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार र सान्त्वना हुनेलाई २५ हजार प्रदान गरिने छ ।

त्यसैगरी युवा वैज्ञानिकहरुको खुला प्रतियोगिता तर्फ प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार तथा कविता, वादविवाद र नाटक प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार नगद राशीको पुरस्कार वितरण गरिने अध्यक्ष बस्नेतले बताए ।

करिव ४० लाख खर्च अनुमानित गरिएको उक्त महोत्सवमा जुरी मेम्बरका रुपमा नार्क र नास्टका ७ जना वैज्ञानिकको निर्णायक मण्डल रहने बताइएको छ ।

आफुहरुले यस्तो प्रकारको महोत्सव पहिलो पटक आयोजना गर्न लागेपनी भविष्यमा राष्ट्रिय स्तरसम्म पुर्याई राज्यको समेत संलग्नता रहने गरी प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य रहेको आयोजक समितिका अध्यक्ष बस्नेतले बताए ।

आयोजक संस्था ग्रान्ड साईन्स फेस्टिवलमा ए वन एजुकेसन एक्सप्रेस, ध्रुबतारा एजुकेसन र ग्रेस इन्टरनेश्नलको आवद्धता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित