३१ आश्विन २०८३, शनिबार

पहिचान नमासिने गरी संस्कारमा परिवर्तन गरौँ : उर्जामन्त्री पुन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

घोराही, ४ माघ । नेपाल सरकारका जलस्रोत तथा ऊर्जामन्त्री वर्षमान पुनले अब नयाँ पुस्ताले पुर्खाको पहिचान नमासिने गरी संस्कारमा परिमार्जन ल्याउनुपर्ने बताउनुभएको छ ।

मगर भाषा साहित्य प्रतिष्ठान दाङले आज घोराहीमा आयोजना गरेको मगर वेषभूषा प्रतियोगिता कार्यक्रमको उद्घाटन गर्दै उहाँले इतिहासमा रहेका केही विकृतिलाई मासेर पहिचान नमेटिने गरी पुर्खाले मान्दै आएको संस्कारलाई आधुनिकता तरिकाले अगाडि बढाउन पनि सकिने बताउनुभयो ।

नेपालमा बस्ने सबै जातजातिमा रहेको कला, संस्कृति, चाडपर्वलाई अन्य जातिले पनि एकापसमा अपनत्व लिनुपर्ने बताउनुभयो । सबै जातिभित्र रहेको संस्कार भनेको समग्र देशको पहिचान भएको हुँदा सबै जातिले त्यसलाई सम्मान गरी अध्ययन, अनुसन्धान गर्न आग्रह गर्नुभयो ।

सरकारले विद्युतीकरणको कार्यलाई तीव्र गतिमा अगाडि बढाएको जानकारी दिँदै उर्जामन्त्री पुनले पहिलो चरणमा मुलकका ४० जिल्लालाई विद्युतीकरण गर्ने कार्य अगाडि बढाएको बताउनुभयो ।

“नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउने सरकारको तयारी छ । हामीले पहिलो चरणमा यसै वर्ष दाङसहित मुलकका ४० जिल्लालाई विद्युतीकरण गर्ने कार्य अगाडि बढाएका छौँ”, उर्जामन्त्री पुनले भन्नुभयो, ‘‘यो उक्त तयारीमा सरकार लागि परेको छ ।”–रासस