शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

वित्तीय साक्षरताको लागि ग्लोबल आइएमई बैंकको प्रभातफेरी

दैनिक नेपाल २०७६ माघ ४ गते २०:१२

काठमाडौँ, ४ माघ । ग्लोबल आइएमई बैंकले तेह्रौं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

माघ ४ गते राजधानीमा वित्तीय साक्षरता जगाउने तथा नेपाल भ्रमण वर्ष २०२० को समेत प्रचार प्रसारलाई समावेश गरीे प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो ।

“बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाडौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक समितिका पदाधिकारीहरु, लगायत उपत्यकामा कार्यरत कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, कमलादी, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, बीर अस्पताल, जमल हुदै पुनः कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो ।

बैंकले काठमाडौँ उपत्यकामा मात्र नभएर काठमाडौँ बाहिरका विभिन्न ठाउँहरु विराटनगर, नारायणघाट, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढी लगायतका स्थानमा पनि प्रभातफेरी कार्यक्रमको आयोजना गरेको थियो ।

वार्षिकोत्सवकै अवसरमा गत पौष १७ गते कान्तिपथ लगायत काठमाडौँ बाहिरका मुख्य सहरहरुमा रक्तदान कार्यक्रमको आयोजना गरिसकेको छ ।

२०६३ पुस १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । बैंकका २६६ शाखा, २५५ एटिएम, ३६ राजस्व संकलन तथा एक्टेन्सन काउण्टर, २४९ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले १८ लाख भन्दा बढी ग्राहकलाई सेवा दिँदै आइरहेको छ ।

त्यस्तै बैंकले अष्टे«लिया युके, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन लगायतका देशहरुबाट रेमिट्यान्स आप्रबाह मार्फत मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित