१३ कार्तिक २०८३, शुक्रबार

नाट्टाको अध्यक्षमा गुरागाई विजयी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ ।  नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)को अध्यक्षमा अच्युत गुरागाई विजयी भएका छन् । प्रतिस्पर्धी भिम प्रसाद पन्त र मिहीका राज्यलक्ष्मी शाह धाख्वालाई पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन् । गुरागाईले १ सय ५० मत प्राप्त गरे ।

उनका प्रतिस्पर्धी भिम प्रसाद पन्त १ सय २६ र मिहीका राज्यलक्ष्मी शाह धाख्वाले १ सय ९ मत ल्याए । निर्वाचनमा कुल ४ सय ५ मत खसेको थियो ।

यस्तै नाट्टाको वरिष्ठ उपाध्यक्षमा विनय बस्ननेत, उपाध्यक्षमा थोेपा थापा, महासचिवमा सुुुुुधिर कुमार उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमार मणि थपलिया र सहकोषाध्यक्षमा यूविका भण्डारी निर्वाचित भएका छन् ।

यस्तै सदस्ययहरुमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरि कुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राज कुमार देवकोटा र भरत जंग पाण्डे निर्वाचित भएका छन् ।

निर्वाचित कार्यसमितिको कार्यकाल दुई बर्षको हुनेछ ।