बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

भूकम्प सुरक्षा प्रदर्शनीमा जगदम्बा सिमेन्टको सहकार्य

दैनिक नेपाल २०७६ माघ ४ गते ८:५१

काठमाडौं, ४ माघ । नेपाल सरकार तथा एनसेट नेपाल (नेसनल सोसाइटी फोर अर्थक्वेक टेक्नोलोजी–नेपाल) द्वारा माघ २ गतेदेखि ४ गतेसम्म काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना गरिएको ‘भूकम्प सुरक्षा प्रदर्शनी’ कार्यक्रममा जगदम्बा सिमेन्टले प्रत्यक्ष रुपमा सहकार्य गरेको छ ।

“भूकम्प प्रतिरोधात्मक सुरक्षित निर्माणमा साथ छ जगदम्बा सिमेन्टको” भन्ने मूल मर्मका साथ यस प्रदर्शनीमा जगदम्बा सिमेन्टले आफ्नो गुणस्तरीय उत्पादनको प्रदर्शनका साथसाथै कसरी सुरक्षित निर्माण बनाउने भन्नेबारे जानकारी समेत प्रदान गरेको थियो ।

कुनै पनि संरचनाको निर्माण गर्दा विशेष गरी ३ कुराहरुलाई विशेष ध्यान दिनुपर्ने हुन्छ, उपयुक्त डिजाइन, गुणस्तरीय निमार्ण सामग्रीको छनोट र निर्माण कार्यमा कुशलता ।

“भूकम्प प्रतिरोधात्मक बनाउनुहोस आफ्नो नयाँ घर” पुस्तिका “जगदम्बा सिमेन्ट प्रयोग विधी” जस्ता पुस्तीकाहरू वितरण गरी आम उपभोक्तालाई सिमेन्ट, बालुवा, गिटी, पानी, छड लगायत निर्माणमा प्रयोग हुने वस्तुहरूको छनोट, भण्डारण सम्बन्धी जानकारी दिइएको थियो ।

बदलिदो समय र उपभोक्ताको मागलाई मध्यनजर गर्दै जगदम्बा सिमेन्टले एक्काइसौ शताब्दीमा निर्माणलाई जोखिमयुक्त नवनाउन गुणस्तरीय बस्तुको छनौट गर्नुपर्ने कुरामा जोड दिइएको थियो ।

जगदम्बा सिमेन्ट आफ्नो डिलरवर्ग, ग्राहकवर्ग, उपभोक्तालाई सूचित गर्न यस्ता जन उत्तरदायी कार्यक्रमहरुमा सदा लाग्ने र भूकम्प प्रतिरोधात्मक सुरक्षित निर्माण तथा सचेतना अभिवृद्घिमा सदैव प्रतिबद्ध रहने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित