सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

प्रहरी दुर्व्यवहारमा परेपछि आस्थाको आक्रोश, प्रहरीले थाल्यो अनुसन्धान

दैनिक नेपाल २०७६ माघ २ गते १४:०३

काठमाडाैं, २ माघ ।  गायिका आस्था राउतले विमानस्थलमा प्रहरीले आफूलाई अपमान गरेको आरोप लागएकी छिन् । बुधबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा चेकिङका क्रममा महिला प्रहरीले अपमान गरेको भन्दै आक्रोस पोखेकी हुन् ।

प्रहरीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै आस्थाले सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै आक्रोस पोखेकी हुन् । अहिले आस्थाको भिडियो भाइरल भइरहेको छ ।

सिक्कीमको रिम्बी मेलामा कार्यक्रमका क्रममा जान लाग्दा प्रहरीले उनिमाथि दुव्र्यबहार गरेको आरोप आस्थाको रहेको छ । आस्थाले फेसबुक लाइभमा प्रहरीमाथि पनि तथानाम गाली गरेको प्रति क्षमा पनि मागेकी छिन् ।

आस्थाका अनुसार कार्यक्रममा जानका लागि हतार भइरहेको समयमा जहाज छुट्ने समय भइसकेको समयमा पनि महिला प्रहरीलाई आग्रह गर्दा पनि नमानेको र झनै निच शब्द प्रयोग गर्दै कपडा खोल भनेर गाली गलौज गरेको आस्थाले बताइन् ।

आस्थाले भनिन् ‘फ्लाइट छुट्न लागेको जानकारी गराउँदै मैले छिटो चेक गरिदिन अनुरोध गरें। ती महिला प्रहरीले झर्केर ‘ज्याकेट खोल्नुस’ भनिन्। मैले दुवै हात माथि उठाएर फेरि आग्रह गरें। त्यसपछि उनले मलाई ‘ज्याकेट खोल भनेको सुनिनस्’ भनिन्। मेरो कफी हातबाट लिएर कतै राखिदिइन्। चेक गरिसकेपछि ‘कफी लिएर जा’ भनिन्।

एकातिर दुव्यर्वहार, अर्कातिर हतार। मैले कफी नलिई हिँड्न खोजें। तर उनले फेरि ठूलो स्वरमा ‘कफी लिएर जा, नत्र तेरो ब्यागमा खनाइदिन्छु’ भनिन्। ‘जे सुकै गर’ भनेर अगाडि बढें। उनले लगाएको युनिफर्मको नेमप्लेटमा ‘रमिता’ लेखेको थियो।

त्यहाँ ममाथिको दुव्यर्वहार अरुले पनि देखिरहेका थिए। तर सबैले हेरि मात्र रहे, केही बोल्नेन्। हामी कलाकारमाथि त यस्तो रुखो व्यवहार हुन्छ भने सर्वसाधारणलाई कस्तो होलारु अपराधीलाई पनि त्यस्तो गर्न पाइँदैन।

यो त युनिफर्मको दादागिरी हो। म महिलाबाटै पीडित भएँ। ‘प्रहरी मेरो साथी’ भन्ने नाराको मजाक भएन रु उनले प्रश्न गरिन् । प्रहरीले भने यसबारेमा अनुुसन्धान थालिएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित