बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

दुई छोरालाई विष खुवाई हत्या गर्ने आमालाई जन्मकैद

दैनिक नेपाल २०७६ पुष २९ गते १३:१७

काठमाडौं, २९ पुस ।  आफना दुई छोरालाई विष खुवाई हत्या गर्ने आमालाई जिल्ला अदालत दैलेखले जन्मकैदको फैसला सुनाएको छ ।

घरेलु झगडामा दैलेख महावु गाउँपालिका–१ खरीगैराकी २४ वर्षीया कल्पना नेपालीले दुई छोरालाई विष खुवाई हत्या गरेकी थिइन् । सोमबार जिल्ला न्याधिश दण्डपाणी लामिछानेको ईजलासले सो फैसला सुनाएको हो ।

२०७५ कार्तिक १० गते दिउँसो घरमै आमा कल्पनाले खाजा विष मिसाएर खुवाउँदा उनका ७ बर्षीय छोरा आयुष नेपाली र ३ बर्षीय छोरा अमित नेपालीको मृत्यु भएको थियो । विष लागेको थाहा पाएपछि स्थानीयबासीले अस्पताल लैजाँदै गर्दा आयुषको बाटोमा र अमितको २०७५ कार्तिक १५ मा कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्तिक १६ गते दिएको जाहेरीमा आफन्तले आमाको नाममा जाहेरी दिएका दर्ता गराएका थिए ।

दुईवटैको शव परिक्षण प्रतिवेदनबाट विष खुवाएर नाबालकको मृत्यु भएको उल्लेख गरिएको छ । कार्तिक २० मा आरोपित आमा कल्पनालाई हिरासतमा लिई विष खुवाई कर्तव्य ज्यान लिएको मुद्दा चलाएको थियो ।

१० मंसिरमा प्रहरीले अनुसन्धान सकेर जिल्ला अदालतमा दर्ता गराएपछि आरोपितलाई पुर्पक्षका लागि दैलेख जिल्ला अदालतले जिल्ला कारागार थुनामा पठाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित