बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

थारू संस्कृतिकाे माैलिकता समाप्त हुन दिनु हुँदैनः कांग्रेस नेता खनाल

दैनिक नेपाल २०७६ पुष २९ गते ७:५८

घोराही, २९ पुस । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले मौलिक संस्कृतिले सबै समुदायलाई समाजमा मिलाएर राखेको भन्दै सांस्कृतिक विविधताको सम्मान र संरक्षण गर्नुपर्ने बताएका छन् ।

दाङ जिल्लाको घोराही नगरपालिकाको धर्नामा सोमबार आयोजित माघी मिलन समारोहलाई सम्बोधन गर्दै युवा नेता खनालले थारु संस्कृतिभित्र रहेको मौलिक संस्कृतिले दाङ जिल्लाको अलग पहिचान दिएको बताए ।

‘थारुको संस्कृति दाङबाट उत्पत्ति भएको हो । यो विषयमा हामी दङगालीहरूका लागि गौरवको विषय हो’, उनले भने, ‘थारुको संस्कृतिलाई बचाएर राख्नुपर्छ ।’

थारुसहित अन्य समुदायको नयाँ पुस्ताले समय परिवेशअनुसार आफ्नो भाषा र संस्कृतिलाई भुल्न थालेको भन्दै खनालले चिन्ता जनाए ।

‘हामीले आफ्नौ मालिक संस्कृति र पहिचानलाई भुल्यौँ भने हामी पनि सिद्धिने छौँ’, उनले भने, ‘जहिले पनि आफ्नो संस्कृतिलाई स्मरण गर्नुपर्छ । त्यसको जगेर्ना गर्नुपर्छ ।’

नेपाली कांग्रेसले पनि सबै धर्म संस्कृतिलाई बराबरी रुपमा हेर्ने गरेको भन्दै युवा नेता खनालले भने, ‘हामीले संविधानमा पनि सबैलाईको धर्म संस्कृतिलाई समान रुपमा राखेका छौँ ।’

धर्नामा आयोजित माघी मिलन समारोहमा थारु संस्कृति झल्किने कार्यक्रमका साथै सांस्कृतिक कार्यक्रम र खानपिनको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित