शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

मुलुकको अर्थतन्त्र विकासका लागि सहकारीको महत्वपूर्ण भूमिकाः सांसद थापा

दैनिक नेपाल २०७६ पुष २८ गते ९:४५

काठमाडौं, २८ पुस । प्रतिनिधि सभाका सांसद भुपेन्द्रबहादुर थापाले मुलुकको अर्थतन्त्रलाई चलाय मान बनाउन सहकारीको महत्वपूर्ण भूमिका हुने उल्लेख गरेका छन् ।

नव धवलागिरी बचत तथा ऋण सहकारी संस्थाको १२औँ साधारणसभा तथा अविधेशनर्लाइ आइतबार सम्बोधन गर्दै सांसद थापाले सरकारले सहकारीलाई तीन खम्बे अर्थनीति अन्तर्गत राखेको र समृद्ध नेपाल सुखी नेपालीको नारालाई सफल बनाउन सहकारीको महत्वपूर्ण भूमिका रहेको बताए ।

संस्थाका सल्लाहाकार समेत रहेका नेपाल चेम्बर अफ कमर्श प्रदेश ५ का अध्यक्ष भीमलाल पौडेलले संस्थाका सदस्यहरूले पनि संस्थामा के भैरहेको भनेर चासो र चिन्ता लिनुपर्ने बताए ।

संस्थाका अध्यक्ष युवराज न्यौपानेले संस्थाको वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै समाजमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी समाजमा निम्न आयस्तर भएका शेयर सदस्यहरूको जीवनस्तर उकास्न सरल र सुलभ ढंगले कार्यक्रमहरू ल्याउने बताए ।

संस्थाको वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै कोषाध्यक्ष हरि शर्माले आर्थिक वर्ष ०७५–७६ मा संस्थाले ७ करोड ७२ लाख १३ हजार ९१ निक्षेप संकलन गरी ९ करोड ९८ लाख ९० हजार ८ सय ११ रुपियाँ कर्जा लगानी गर्न सफल भएको जानकारी दिए ।

अविधेशनले आगामी कार्यकालका लागि ध्रुब ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा कृष्ष ज्ञवाली, सचिवमा दीपु पोखरेल, कोषध्यक्षमा सन्तोष अधिकारी र सहसचिवमा हरि शर्मा चयन भएका छन् ।

समितिको सदस्यमा सरस्वती ज्ञवाली, सुवास भण्डारी, ईन्द्रबहादुर थापा, यूबहादुर मल्ल, हर्कबहादुर सापकोटा र प्रेमकुमारी जिसी सर्बसम्मत भएका छन् ।

संस्थाले बिभिन्न उपसमिति पनि गठन गरेको छ । मधु बरालको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरेको छ । जसको सदस्यमा राजु बास्तोला र अम्बिका ज्ञवाली रहेका छन् ।

सुबास भण्डारीको संयोजकत्वमा यादबहरि ज्ञवाली र खिमहादुर खड्का सदस्य रहेको कर्जा उपसमिति गठन गरेको छ ।

सरस्वती ज्ञवालीको संयोजकत्वमा महिला उपसमिति, भीमबहादुर सापकोटाको संयोजकत्वमा युवा उपसमिति र अर्जुनबहादुर मल्लको संयोजकत्वमा शिक्षा उपसमिति गठन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित