
काठमाडौं, २५ पुस । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका नवलपरासी जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला सदस्य मोहन सापकोटा रहेका छन् । सापकोटालाई पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका ४ निवासबाटै प्रहरीले पक्राउ गरेको जनाएको छ ।
२०७५ फागुन ३० गते चन्द समूहले गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा फागुन २९ गते राति पश्चिम नवलपरासीको सरावल–१ तुल्सीनगरस्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा ट्रकमा आगो लगाई सङ्गठित अपराध गरेको र २०७६ साउन १६ गते बर्दघाट–१३ धनेवास्थित एनसेल टावरमा बम विस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले सापकोटालाई पक्राउ गरेको हो ।
उनीमाथि प्रहरीले थप अुनसन्धान गरिरहेको जनाएको छ ।












प्रतिक्रिया