बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

प्रसाईले २० करोडको पोल खोल्दा नेकपा नेता श्रेष्ठ र शिक्षामन्त्री पोखरेल अप्ठ्यारोमा

दैनिक नेपाल २०७६ पुष २५ गते ९:३४

काठमाडौं, २५ पुस । झापाका विर्तामोडमा रहेको प्रस्तावित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले २० करोड घुस मागिएको विषय सार्वजनिक गर्दा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री गिरीराजमणि पोखरेल अप्ठ्यारोमा परेका छन् ।

प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले बी एन्ड सीलाई सम्बन्धन दिनका लागि २० करोड रुपियाँ घुस माग्दा माथि मिलाउन नेता श्रेष्ठ र मन्त्री पोखरेलको नाम अगाडि सारेको बताएका थिए ।

यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई जानकारी गराउँदा उक्त विषय सार्वजनिक हुनुपर्ने सुझाव पाएको प्रसाईले बताएको विवरण सतहमा आएको छ ।

यति मात्र होइन, यहि विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि जानकारी गराएको प्रसाईले बताएका छन् । शुक्रबार पनि प्रचण्डसँग यस विषयमा डिटेलमा कुराकानी हुने प्रसाईको बयानबाजी सतहमा आएको छ ।

२० करोड घुस मागेको विषयमा प्रसाईको बयानबाजीको खण्डन गर्दै उपाध्यक्ष गिरीले कपोकल्पित कुरा भएको बताइसकेका छन् । तर प्रसाईले यसको प्रमाण आफू रहेको बताउँदै फेस टु फेस गर्न तयार रहेको जवाफ फर्काइसकेका छन् ।

सुशासन र भ्रष्टाचारविरुद्धका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको कडा भाषण आइरहेका बेला एउटा सम्बन्धन दिनका लागि यति धेरै घुस रकममा नेकपा प्रवक्ता श्रेष्ठ र मन्त्री पोखरेलको नाम अगाडि आएपछि अनेक टिप्पणी हुन थालेको छ । श्रेष्ठ र मन्त्री पोखरेल अप्ठ्यारोमा परेका छन् ।

त्यसो त प्रसाईले नेकपाका दुई अध्यक्षहरू प्रधानमन्त्री ओली र प्रचण्डलाई भक्तपुरस्थित आफ्ना घरमा लगि मार्सी चामलको खाना खुवाएको विषयले चर्चा पाएको थियो । उक्त प्रकरणपछि नेकपा अध्यक्षद्वय पनि ववादमा तानिएका थिए ।

पछिल्लो पटक भने श्रेष्ठ र पोखरेललाई उनले विवादमा तानेका छन् । यसको सेतुका रुपमा आयोगका उपाध्यक्ष गिरीको घुस रकम मागलाई प्रमुख कारण बनाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित