१३ कार्तिक २०८३, शुक्रबार

चिसो बढेपछि घोराहीका विद्यालय दुई दिन बन्द

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर, २४ पुस ।   अत्यधिक चिसो बढेपछि दाङको घोराही उपमहानगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ ।

चिसोका कारण बालबालिका विद्यालय जान नसक्ने गरी प्रभावित भएकाले नगरपालिकाले बिहीवार ९आज० र शुक्रवार विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकूद महाशाखाले बुधबार एक सूचना जारी गर्दै वर्षे बिदा कट्टी हुने गरी बिहीवार र शुक्रवार बिदा दिएको जनाएको छ ।

महाशाखाका शाखा अधिकृत नारायण पौडेलले जारी गर्नुभएको सूचनामा चिसो बढेका कारण नगरभित्रका सामुदायिक र संस्थागत विद्यालय दुई दिन बन्द गरिएको उल्लेख छ । रासस