शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

सिरहाको नरहा गाउँपालिकाको आयव्यय सार्वजनिक

दैनिक नेपाल २०७६ पुष २३ गते ६:०८

महेश सिंह

सिरहा, २३ पुस । सिरहाको नरहा गाउँपालिकाले दुई आर्थिक वर्षको आय व्यय सार्वजनिक गरेको छ ।

गाउँपालिकाले पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ को आयव्यय सार्वजनिक गरेको हो ।

गाउँपालिकामा निर्वाचित जनप्रतिनिधी सहित विपक्षी नेपाली कांग्रेस लगायतले आर्थिक पारदर्षिताको माग गर्दै आन्दोलन गर्दै आएका थिए ।

गाउँपालिका अध्यक्ष रामशरण यादवले दुई आर्थिक वर्षको आयव्यय सार्वजनिक गरिएको र कुनै प्रकारको अनियमितता नगरेको दाबी गरेको छ ।

अध्यक्ष यादवले भने, ‘कुनै प्रकारको अनियमितता भएको छैन् । खर्चको विवरण सार्वजनिक गरेको छु । विपक्षीहरू बैंक स्टेटमेण्ट लगायतका अनावश्यक बहानामा आन्दोलन गरिरहेको छ ।’

‘विपक्षीहरूले पारदर्सिताको माग गर्दै आएको छ । हामीले आज पत्रकार सम्मेलन गरी हरहिसाब सार्वजनिक गरेका छौं’, गाउँपालिका अध्यक्ष यादवले बताएका छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा २१ करोड ९६ लाख १ हजार ८४३ मध्ये १७ करोड ३६ लाख ३१ हजार ९७८ रुपैयाँ खर्च भएको विवरण पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा १९ करोड ६४ लाख ९९ हजार ३८४ मध्ये १५ करोड ७० लाख ७८ हजार ६ सय खर्च भएको नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमिन्त्रा लामाले बताइन् ।

चालू आर्थिक वर्ष २०७६/०७७ को ६ महिना वित्न लाग्दा पनि नरहा गाउँपालिकाको सभा हुन सकेको छैन् । चालू आर्थिक वर्ष २०७६/०७७ मा २८ करोड ३ लाख ८९ हजार ९२ रुपियाँ विनियोजन भएको छ ।

प्रतिक्रिया
सम्बन्धित